पावरहाउस रिर्सोटको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु
पाेखरा | भदौ २६, २०८१
पोखरा: पोखरा मंगलबार दिउँसो स्विमिङ पुलमा डुबेर एक भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतको सीतापुर उत्तरप्रदेश घर भएका २३ वर्षीय देवान सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
देवान पोखरा महानगरपालिका–१७ स्थित पावरहाउस रिर्सोटमा रहेको स्विमिङ पुलमा पाैडी खेल्ने क्रममा डुबेका थिए ।
स्विमिङ पुलमा डुबेर अचेत भएका भारतीय नागरिक सिंहलाई उद्धार गरी गण्डकी मेडिकल कलेजमा ल्याए पनि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक सिंहको शव पोष्टमार्टम पछि उनका बुवा रुकमेन्द्र प्रताप सिंहले बुझेका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

